scheduleबुधवार बैशाख २९ गते, २०७८

पछिल्लो चार हप्तामा चार गुणाले बढ्यो कोरोना संक्रमण, मृत्युदर पनि उच्च

काठमाडौं, ३१ चैत । विश्व स्वास्थ्य संगठनले पछिल्लो समय कोरोना सङ्क्रमणका कारण मृत्यु हुने दर बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ ।

सोमबार कोभिड–१९ सम्बन्धी नियमित प्रेस ब्रिफिङ्गको क्रममा संगठनले पछिल्लो एक महिनादेखि विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुने दर बढेकोमा चिन्ता व्यक्त गरेको हो ।

संगठनका महानिर्देशक डा. टेड्रोस एड्हनोम घेबे्रयससले विश्वभर कोरोना सङ्क्रमणको दोस्रो चरणको लहर सुरु भएको र अहिले युवाहरु यसबाट बढी प्रभावित भएकोमा चिन्ता व्यक्त गरे । उनले गत ४ हप्तामा विश्वभर कोरोना सङ्क्रमणका कारण ४ गुणाले मानिसहरु सङ्क्रमित हुन थालेको र दोस्रो लहरबाट ४० देखि ५० वर्ष उमेर समूहका मानिसहरु गम्भीर बिरामी हुन थालेको बताए ।

डा. टेड्रोसले ब्राजिल, भारत लगायतका मुलुकहरुमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेको र उपचार अभावमा बिरामीहरुको मृत्यु हुन थालेको पनि उल्लेख गरे ।

हाल देखिएको कोरोनाको न्यू भेरिएन्टका कारण युवा र बालबालिका बढी प्रभावित हुने गरेको र मृत्युदर पनि बढेकाले वेवास्ता नगर्न पनि सबैलाई उनले आग्रह गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय