scheduleआइतवार जेष्ठ २ गते, २०७८

अनुसन्धानका नाममा निर्दोष जनावारमाथि क्रुर व्यवहार गर्ने ल्याब बन्द गरियो

एजेन्सी, ३१ चैत । जनावारप्रति चरम क्रुरता गरिएका प्रमाण एवं फुटेज फेला परेपछि स्पेनको एक प्रयोगशाला बन्द गरिएको छ ।

विभिन्न उद्देश्यका लागि जनावरमाथि परीक्षण गर्दै आएको राजधानी म्याड्रिडस्थित भिभोटेक्निया नामक ल्याब बन्द गरिएको हो । औषधि, रसायन, कस्मेटिक खाद्य तथा सूर्ती उद्योगसँग भएका सम्झौता अनुसार जनावरमाथि क्रुर व्यवहार गरिएको पाइएपछि स्पेनिश सरकारले उक्त ल्याब बन्द गरेको हो ।

भिभोटेक्निया ल्याब एउटा अनुसन्धान केन्द्र हो जसले विभिन्न कम्पनीसँगको सम्झौताका आधारमा रिसर्च गर्दै आएको छ । सो ल्याबमा बाँदर, कुकुर, सुँगुर, मुसा तथा खरायो जस्ता कैयौं जनावरमाथि परीक्षण हुने गर्छ ।

तर गोप्य रुपमा बनाइएको भिभिटेक्नियाको भिडियोमा निर्दोष जनावरमाथि क्रुर व्यवहार भइरहेको पाइको थियो । सो भिडियो सन् २०१८ देखि २०२० सम्म ल्याबमा कार्यरत एक कर्मचारीले बनाएका थिए र युट्युबमा राखेका थिए ।

ल्याबको भिडियो खिच्ने कर्मचारीले जनावारलाई बाँधिने, पिटिने र जोडसँग हल्लाइने गरेको बनाएका छन् । त्यस्तै जनावरलाई बेहोस नपारीकनै विभिन्न अङ्गमा घाउ पारिने समेत उनको भनाइ छ ।

क्रुअल्टी फ्री इन्टरनेशनल (CFI) ले सो भिडियो सार्वजनिक गरेको थियो । जसमा ल्याबका टेक्निसियनहरुले मुसा र खरायोमाथि ज्यादती गरेको पाइएको थियो ।

सार्वजनिक गरिएका फुटेज अनुसार सबैभन्दा क्रुर व्यवहार खरायोमाथि गरिएको थियो । खरायोलाई अनौठा-अनौठा यन्त्रमा बाँधेर राखिएको थियो । त्यस्तै कुकुर र बाँदरलाई घाँटीमा समातेर पिजडामा जोडसँग फालिएको थियो ।

ल्याबमा हुने क्रुरतालाई प्रस्ट देखाउने उक्त भिडियो सार्वजनिक भएपछि जनावरको अधिकारका लागि काम गरिरहेको संस्था सिएफआई अघि सरेको थियो । फलस्वरुप, हाल उक्त ल्याब पूर्ण रुपमा बन्द भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय