scheduleबुधवार बैशाख २९ गते, २०७८

कोरोनामुक्त भइन् आलिया

काठमाडौं, १ बैशाख । बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमणबाट मुक्त भएकी छन् ।

भट्टले इन्स्टाग्राममार्फत् आफू कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको जानकारी गराएकी हुन् । ‘नेगेटिभ देखिएको क्षण नै राम्रो कुरा हो’, उनले इन्स्टाग्राममा लेखेकी छन् ।

भट्टलाई केही समयअघि कोरोना पोजिटिभ देखिएको थियो । मार्चमा उनका प्रेमी रणबिर कपुरलाई समेत कोरोना भएको थियो । हाल कपुर समेत कोरोना भाइरसको संक्रमणबाट मुक्त भइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय