scheduleआइतवार जेष्ठ २ गते, २०७८

विराट गोल्डकप फुटबल: फाइनल प्रवेशका लागि पञ्‍जाब पुलिस र संकटा भिड्दै

मोरङ, २ वैशाख । मोरङको विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदै छ ।

फाइनल प्रवेशका लागि भारतको पञ्‍जाब पुलिस र संकटा क्लब भिड्न लागेका हुन् । खेल बेलुका ६:३० बजेपछि विराटनगरस्थित सहीद रङ्गशालामा सुरु हुनेछ ।

पञ्‍जाब पुलिसले ए डिभिजन लिग विजेता मच्‍छिन्द्र क्लबलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो भने संकटाले अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा आयोजक विराटनगर एघारलाई हराउँदै एपिएफ संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलको विजेताले उपाधिका लागि एपिएफसँग शनिबार खेल्ने छ ।

प्रतियोगितामा तीन भारतीय क्लब र क्यामरुनको अफ्रिकन रुटसहित १० टोलीको सहभागिता रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय