scheduleआइतवार जेष्ठ २ गते, २०७८

बैंगलोरका कप्तान कोहलीलाई चेतावनी

काठमाडौं, २ वैशाख । आइपिएल टोली रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई मैदानभित्र आक्रामक व्यवहार देखाएका कारण म्याच रेफ्रीले संयमित रहन चेतावनी दिएका छन् ।

गएराति हैदराबादविरुद्धको खेलमा ३३ रनमा आउट भएपछि उनले बाउन्ड्री कुशनलाई ब्याटले प्रहार गर्नुका साथै डगआउटको कुर्सीलाई पनि प्रहार गरेको देखिएको थियो ।

उनलाई पहिलो लेभलको आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको थियो जसमा कुनै पनि क्रिकेट उपकरण वा कपडा मैदानमा राखिएका खेल सामग्री र फिक्सचर तथा फिटिङ्सलाई हानी पुर्‍याउने कुरा उल्लेख गरिएको छ ।

सन् २०१६ को आइपिएलमा बैंगलोरविरुद्ध गौतम गम्भीरले यस्तै किसिमको व्यवहार देखाएपछि उनलाई म्याच फी को १५ प्रतिशत रकम जरिवाना तिराइएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय