scheduleआइतवार जेष्ठ २ गते, २०७८

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

प्रतिकात्मक तस्बिर

गलकोट २ वैशाख । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।

शवको पहिचान भएको छैन । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान रहेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय