scheduleसोमवार आश्विन ११ गते, २०७८

अविश्वासको प्रस्तावबाट जोगिन प्रदेशसभा अधिवेशन नै अन्त्य

पोखरा, २ वैशाख । अविश्वासको प्रस्तावबाट आफू पदमुक्त हुने निश्चित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद अधिवेशन नै अन्त्य गरेका छन् । नेपाली कांग्रेस लगायतले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री गुरूङले पद जोगाउन प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन्।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेशन गए राति १२ बजेदेखि नै अन्त्य गरेका हुन् । प्रतिपक्षी दलहरुले आजै अविश्वासको प्रस्ताव दर्ताको तयारी गरिरहेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीलाई अन्तिम रुप दिइरहेका छन् ।

वैशाख १ को मिति राखेर मुख्यमन्त्री गुरूङले प्रदेश सभा बैठक अन्त्य गर्न सिफारिस गरेको र प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय