scheduleआइतवार जेष्ठ २ गते, २०७८

फुटबलपछि नेइमारलाई यो खेल मन पर्छ, भन्छन्- ‘सन्यासपछि यही खेल खेल्छु’

एजेन्सी, २ बैशाख । पिएसजीका स्टार खेलाडी नेइमारलाई फुटबलपछि मन पर्ने खेल पोकर (एक प्रकारको तास) हो । नेइमारलाई पोकर निकै मन पर्छ भन्ने कुरा उनले आफ्नो कुकुरको नाम ‘पोकर’ राखेबाट प्रस्ट हुन्छ ।

सन् २०१४ को विश्वकपका बेलादेखि उनले पोकर खेल्न सुरु गरेका थिए । त्यसयता उक्त खेलप्रति उनको रुचि निकै बढेको पाइन्छ । हाल उनले पिएसजीका केलर नाभास र लिन्ड्रो परेडेस लगायतका खेलाडीलाई पोकरमा आफ्नो प्रतिस्पर्धी ठान्छन् ।

नेइमारले बार्सिलोनामा हुँदा जेरार्ड पिकेसँग पनि पोकर खेलेका थिए । फुटबलबाट सन्यास लिएपछि व्यावसायिक रुपमै आफू पोकर खेल्ने इच्छा समेत नेइमारले व्यक्त गरेका छन् ।

सिन्युजले नेइमारलाई फुटबलबाट सन्यास लिएपछि व्यावसायिक पोकर खेलाडी बन्ने लक्ष्य राख्नु भएको छ भनेर सोधेको थियो । उनले जवाफ थियो- ‘हो, हो, यो कुरा सत्य हो । मैले खेल्न मन पराउने कुरामध्ये यो पनि पर्छ ।’

‘त्यसैले फुटबलबाट सन्यास लिएपछि यो खेल खेल्न चाहन्छु र यस खाले प्रतियोगिताका लागि विभिन्न ठाउँमा जान चाहन्छु’, नेइमारले थपे ।

त्यस्तै फुटबल र पोकरमा केही समानता भएको पनि नेइमारले सुनाए । ‘पोकर र फुटबलबीच भएका केही समानातामध्ये खेलप्रतिको ध्यान (focus) एक हो । त्यस्तै तपाईंले प्रतिस्पर्धी र खेललाई बुझ्ने कुरा पनि महत्वपूर्ण हुन्छ’, उनले भने ।

फुटबलमा झैं पोकरमा पनि खेल एवं आफ्ना प्रतिस्पर्धीलाई बुझ्नुपर्ने, कहाँ आक्रमण गर्ने र कतिबेला आक्रमण गर्ने कुरा महत्पूर्ण हुने नेइमारको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय