scheduleसोमवार आश्विन ११ गते, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

फाइल तस्वीर

पोखरा, २ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वि सुब्वा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री गुरुङ विरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा मुख्यमन्त्री गुरुङलाई हटाएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ ।

गण्डकीम २७ सांसद रहेको एमालेको सरकार अल्पमतमा परेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय