scheduleआइतवार जेष्ठ २ गते, २०७८

मोरिसको विष्फोटक ब्याटिङसँगै राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हरायो

काडमाडौं, २ बैशाख । इन्डियन प्रिमियर लिगको १४ औं सस्करणअन्तर्गत बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

मुम्बईको वाङखेडे क्रिकेट मैदानमा भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएको हो । राजस्थानको जीतका लागि क्रिस मोरिसले विष्फोटक ब्याटिङ गरेका थिए ।

मोरिसको विष्फोटक ब्याटिङसँगै राजस्थान रोयल्सले जारी आईपिएलमा पहिलो जीत दर्ता गरेको छ । मोरिसले १८ बलमा नटआउट ३६ रनको योगदान गरेका थिए ।

त्यस्तै राजस्थानको जीतका लागि डेभिड मिलरले ६२ रनको योगदान गरे । उनले ४३ बलमा उक्त रन बनाउँदै आउट भएका थिए ।

टस जितेर पहिला बलिङ गरेको राजस्थान रोयल्सले निर्धारित ओभरमा २ बल बाँकी छँदै दिल्लीले दिएको १४८ रनको लक्ष्य पूरा गरेको हो ।

पहिला व्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान ऋषभ पन्थले अर्धशतक पूरा गरेका थिए । उनले ५१ रन जोडेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय