scheduleआइतवार जेष्ठ २ गते, २०७८

ग्रानाडालाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

काठमाडौं, ३ वैशाख । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब ग्रानाडालाई २-० ले हराउँदै समग्रमा ४-० को जीतका साथ युनाइटेड अन्तिम ४ मा पुगेको हो ।

पहिलो लेगमा पनि युनाइटेडले ग्रानाडालाई उसैको मैदानमा २-० ले हराएको थियो । घरेलु मैदानमा हिजोको खेलमा पनि युनाइटेडले समान अन्तरको जीत निकाल्यो ।

युनाइटेडको जीतमा एडिन्सन काभानीले १ गोल गरेका थिए भने एक गोल उपहार पाएको थियो । खेलको छैटौं मिनेटमा काभानीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ९०औं मिनेटमा पाहुना टोलीका भालेजोबाट आत्मघाती गोल भएपछि युनाइटेड २-० ले विजयी भयो ।

गएराति नै भएका अन्य खेलहरुमा आर्सनल र भिल्लारियल विजयी हुँदा रोमा र अयाक्सले बराबरी खेलेका छन् । युनाइटेडसँगै आर्सनल, भिल्लारियल र रोमा अघि बढेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय