scheduleआइतवार जेष्ठ २ गते, २०७८

संकटालाई हराउँदै पञ्जाब पुलिस विराट गोल्डकपको फाइनलमा

मोरङ, ३ वैशाख । भारतको पञ्जाब पुलिस फुटबल क्लब मोरङको विराटनगरमा जारी विराट गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहीद रङ्गशालामा हिजो भएको दोस्रो सेमिफाइनल खेलमा ए डिभिजन टोली संकटा क्लबलाई १-० ले हराउँदै पञ्जाब फाइनलमा पुगेको हो ।

खेलको ७५ औं मिनेटमा परमजीत सिंहको गोलबाट लिएको अग्रता नै पञ्जाबको जीतमा निर्णायक बनेको थियो । हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

यसैबीच पञ्जाब टोलीका कप्तान जगदीप सिंहले फाइनल खेल गुमाउने भएका छन् । खेल सकिएपछि संकटा र पञ्जाबका खेलाडीबिच झगडा भएपछि कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटले रातो कार्ड पाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय