scheduleबुधवार बैशाख २९ गते, २०७८

तोलामा ९० हजार कट्यो सुनको भाउ

काठमाडौं, ३ वैशाख । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । बिहिबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको हो ।

यस्तै, तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबारको सुनको भाउ गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय