scheduleआइतवार जेष्ठ २ गते, २०७८

पारसले त्रिदेशीय क्रिकेट श्रृंखला गुमाउने

काठमाडौं, ३ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान एवम् पूर्वकप्तान पारस खड्काले शनिबारदेखि सुरु हुने नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिदेशीय टी-२० क्रिकेट श्रृंखला गुमाउने भएका छन् ।

गत आइतबार अभ्यास खेलमा फिल्डिङ गर्ने क्रममा पारसको दायाँ हातको काँधमा चोट लागेको थियो । त्यसैकारण पारसले श्रृंखला गुमाउने सामाजिक सञ्‍जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

चिकित्सकको सल्लाहबमोजिम पारसले दुईदेखि तीन हप्तासम्म आराम गर्नुपर्ने हुन्छ । पारसले टोली बलियो भएको भन्दै राम्रो नतिजा आउनेमा विश्‍वास व्यक्त गर्दै टोलीका अन्य सदस्यहरुलाई शुभकामना पनि दिएका छन् ।

श्रृंखलाखन्तर्गत नेपालले पहिलो खेल शनिबार नेदरल्यान्ड्सँग खेल्ने छ । डबल राउन्ड रोविनको आधारमा हुने उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । फाइनल वैशाख ११ गते हुने छ । नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्य टोली घोषणा गरि सकेको छ । खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने छ र खेल विश्वका १ सय ४१ देशमा पनि प्रसारण हुनेछ ।

नेपाली टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय