scheduleबुधवार बैशाख २९ गते, २०७८

आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा २१ जनाको मृत्यु

सांकेतिक तस्बिर

एजेन्सी, ३ बैशाख । ट्युनिसियामा अफ्रिकी आप्रवासी बोकेको डुङ्गा दुर्घटना भएको छ । बुधबार तटीय शहर सफ्याक्स नजिकै आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटना भएको हो ।

बुधबार भएको उक्त डुङ्गा दुर्घटनामा झण्डै २ दर्जन आप्रवासीको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । भूमध्यसागर हुँदै इटलीको ल्याम्पेडुसा जान लागेको डुङ्गा दुर्घटना भएको समाचारमा उल्लेख गरिएको छ ।

हालसम्म २१ जना आप्रवासीको शव फेला परेको ट्युनिसियाका अधिकारीहरुले बताएका छ्न् । ट्युनिसियाको नागरिक संरक्षण सेवाका निर्देशक मोउर्ड मेचरीले २१ जनाको शव फेला गरेको र हाल खोजी कार्य जारी रहेको बताए ।

‘बिहीबार अबेर सफ्याक्स शहरबाट सुरु भएको यात्राका क्रममा डुङ्गा डुबेको थियो’, मेचरीले रोइटर्ससँग कुराकानी गर्दै भने, ‘हालसम्म तट रक्षकले २१ शव फेला पारेका छन् र खोजी कार्य जारी छ ।’

गत महिना समेत सफ्याक्समा भएको डुङ्गा दुर्घटनामा परी ३९ जना आप्रवासीको ज्यान गएको थियो ।

ट्युनिसियाको तटीय शहर सफ्याक्स अफ्रिका र मध्यपूर्वको गरिबी तथा युद्ध छल्दै गुणस्तरीय जीवनयापन लागि युरोप जान चाहने मानिसको मुख्य प्रस्थान बिन्दु बन्दै आएको छ

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय