scheduleशनिवार जेष्ठ १ गते, २०७८

भाजपा प्रवक्ता एवं वनमन्त्री जावडेकरलाई कोरोना संक्रमण

एजेन्सी, ३ बैशाख । भारतका केन्द्रीय पर्यावरण एवं वनमन्त्री प्रकाश जावडेकरलाई कोरोना संक्रमण भएको छ ।

जावडेकरले शुक्रबार आफू कोरोनाबाट संक्रमित भएको जानकारी गराएका हुन् । ‘आज मलाई कोरोना पोजिटिभ देखिएको छ’,जावडेकरले ट्विटरमार्फत् जानकारी दिएका छन्, ‘२-३ दिनदेखि मेरो सम्पर्कका आएका सबैलाई परीक्षण गर्न अनुरोध गर्न चाहन्छु ।’

भारतीय जनता पार्टीका प्रवक्ता समेत रहेका जावडेकरले सूचना एवं प्रसारण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन्।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि भारतमा संक्रमितको दर ह्वात्तै बढेको छ । त्यहाँ गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

योसँगै कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय