scheduleआइतवार जेष्ठ २ गते, २०७८

बेलायतका सबैभन्दा ठूला जमीन्दार युएईका प्रधानमन्त्री, हालसम्म कति जग्गा किने ?

एजेन्सी, ३ बैशाख । संयुक्त अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रशीद अल मख्तूमले बेलायतमा हजारौं एक्कड जमीन खरीद गरेका छन् ।

शेख मोहम्मदले हालसम्म झण्डै १ लाख एकड जमीन खरीद गरेसँगै उनी बेलायतमा सबैभन्दा धेरै जग्गा हुने व्यक्ति समेत बनेका छन् ।

युएईको दुबईलाई संसारकै सुन्दर शहर बनाउन महत्वपूर्ण भूमिका खेलेका शेख मोहम्मद युएईका उप-राष्ट्रपति समेत हुन् । हाल उनको नाममा बेलायतमा ४० हजार हेक्टर अर्थात झण्डै १ लाख एकड जमीन छ ।

बेलायती पत्रिकार द गार्जियनका अनुसार शेख मोहम्मदसँग ४० हजार हेक्टर जमीन रहेको छ र उनी बेलायतका सबैभन्दा ठूला जमीन्दार हुन् ।

समाचार अनुसार शेख मोहम्मदसँग लण्डनका सबैभन्दा मंहगा स्थानमा भव्य महल र भवन समेत छन् । यसबाहेक, न्युमार्केट जस्ता महंगा स्थानमा ट्रेनिङ केन्द्र र घोडा राख्ने तबेला छन् ।

यति मात्रै होइन । शेख मोहम्मदसँग स्टकिङ हाइल्याण्डमा करिब २५ हजार हेक्टर जमिन रहेको द गार्जियनले जनाएको छ ।

अनौठो कुरा के छ भने बेलायती शाही परिवारका कतिपय सदस्यले उपयुक्त मूल्यमा शेख मोहम्मदलाई जमीन बेचिरहेका छन् ।

बेलायतका हाइ प्रोफाइल व्यक्तिमाझ प्रभाव जमाउनमा शेखले घोडा दौडमा गरेको लगानीले ठूलो भूमिका खेलेको बताइन्छ । सन् २०११ देखि २०२० को बीचमा घोडा दौडमा मात्रै उनी एक्लैले अर्बौं रुपैया लगानी गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय