scheduleआइतवार जेष्ठ २ गते, २०७८

चहरको घातक बलिङमा पञ्जाबमाथि चेन्नईको सहज जीत

काठमाडौं, ४ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्सले सहज जीत हासिल गरेको छ । चेन्नईले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १०७ रनको सामान्य लक्ष्य चेन्नईलेे १६ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि मोइन अलीले ४६ रन बनाए भने फाफ डुप्लेसी ३५ रनमा अविजित रहे । पञ्जाबका मोहम्मद शामीले २ तथा मुरुगन अश्विन र अर्शदीप सिंहले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ठुलो स्कोर तयार पार्न सकेन । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०६ रन बनाएको पअ्जाबका लागि शाहरुख खानले ४७ रन बनाए । पञ्जाबले ६ ओभरमै २६ रन मात्र बनाउँदा ५ विकेट गुमाइसकेको थियो । चेन्नईका दीपक चहरले ४ विकेट लिँदा साम करान, मोइन अली र ड्वेन ब्राभोले १-१ विकेट हात पारे । चहरले ४ ओभरमा १३ रन दिएर ४ विकेट हात पारेका हुन् ।

प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय