scheduleआइतवार जेष्ठ २ गते, २०७८

प्रिमियर लिग: एभर्टन र टोटनहामले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं, ४ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा एभर्टन र टोटनहामले बराबरी खेलेका छन् । एभर्टनको मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

एभर्टनका लागि कप्तान गिल्फी सिगर्डसनले दुवै गोल गरेका थिए भने टोटनहामका लागि पनि ह्यारी केनले २ गोल गरेका थिए ।

खेलको २७औं मिनेटमा केनले गोल गर्द पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा पेनाल्टीमार्फत सिगर्डसनले बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

६२औं मिनेटमा सिगर्डसनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि ल्याए । ६८औं मिनेटमा केनले पनि व्यक्तिगत दोस्रो गोल गर्दै खेल पुनः बराबरीमा ल्याए । त्यसपछि कुनै गोल निस्कन सकेन र दुवै टोलीले अंक बाँड्न बाध्य भए ।

बराबरीपछि ३२ खेलबाट ५० अंक भएको टोटनहाम सातौं स्थानमा रहेको छ भने एभर्टन ३१ खेलबाट ४९ अंकसहित आठौं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय