scheduleआइतवार जेष्ठ २ गते, २०७८

विराट गोल्डकप फुटबलको उपाधि भिडन्त आज

मोरङ, ४ वैशाख । मोरङको विराटनगरमा जारी विराट गोल्डकप फुटबलको फाइनल खेल आज हुँदै छ ।

उपाधिका लागि विभागीय टोली एपिएफ क्लब र भारतको पञ्‍जाब पुलिस क्लब आमनेसामने हुँदै छन् । खेल विराटनगरस्थित सहीद रङ्गशालामा साँझ साढे ६ बजेपछि सुरु हुने छ ।

एपिएफले आयोजक विराटनगरलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो भने पञ्‍जाब पुलिसले आहा रारा गोल्डकप च्याम्पियन संकटा क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

प्रतियोगितामा भारतका तीन एक अफ्रिकन टोली र ६ नेपाली क्लबको सहभागिता रहेको थियो । उपाधि विजेताले १५ लाख १५ हजार तथा उपविजेता टोलीले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय