scheduleबुधवार बैशाख २९ गते, २०७८

बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार आज

काठमाडौं, ४ वैशाख । बेलायतका ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको आज अन्तिम संस्कार गरिने भएको छ । अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको राजदरवार स्रोतले बताएको छ ।

अन्तिम संस्कारको औपचारिक शाही समारोह ब्रिटिश समयानुसार दिउँसो ३ बजे अर्थात् नेपाली समयानुसार साँझ पौने ८ बजे विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुने बीबीसीले लेखेको छ ।

राजकुमार फिलिपको शव विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ । उनको गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय