scheduleआइतवार जेष्ठ २ गते, २०७८

भारतमा कोरोना आतंक: एकैदिन २ लाख ३४ हजार नयाँ संक्रमित, १३४१ जनाको मृत्यु

एजेन्सी, ४ बैशाख । भारतमा एकैदिन २ लाख ३४ हजार ६९२ जना नयाँ संक्रमित थपिएका छन् ।

शनिबार भारतमा हालसम्मकै उच्च संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् ।त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३४१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

दोस्रो लहर सुरु भएयता भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार तेस्रो दिन २ लाख नाघेको हो । त्यहाँ शुक्रबार २ लाख १७ हजार भन्दा बढी संङ्क्रमित थपिएका थिए भने बिहीबार २ लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।

कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेपछि राजधानी दिल्लीसहित कैयौं शहरमा आवतजावतमाथि प्रतिबन्ध लगाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय