scheduleआइतवार जेष्ठ २ गते, २०७८

आइपिएलमा आज मुम्बई र हैदराबाद भिड्दै

काठमाडौं, ४ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज पनि एक मात्र खेल हुँदैछ । आज हुने एक मात्र खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्धपर्धा हुनेछ ।

एमए चिदम्बरम स्टेडियम चेन्नईमा हुने आजको खेल राति पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा चेन्नई सुपर किङ्सले पहिलो जित हात पारेको छ ।

मुम्बईको वानखेडे स्टेडियममा गयराति सम्पन्न खेलमा पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित हात पारेको हो । पञ्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

जितसँगै चेन्नईले २ खेलमा २ अङ्क जोडेको छ । पञ्जाबले पनि २ खेलमा २ अङ्क नै जोडेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय