scheduleआइतवार जेष्ठ २ गते, २०७८

सर्वदलीय बैठकमा सहभागी हुन सबै शीर्ष नेतालाई ओलीको फोन, प्रचण्ड बालुवाटार नजाने

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी हुन भनिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र कोरोना महामारीका विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।

सर्वदलीय बैठकमा सहभागि हुनका लागि प्रधानमन्त्री ओली आफैंले विभिन्न दलका प्रमुखहरुलाई फोन गरेर निम्तो दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यस्तै बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायत विषयमा पनि छलफल हुने थापाले जानकारी दिए ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार अध्यक्ष प्रचण्ड सर्वदलीय बैठकमा सहभागी नहुने जानकारी दिए । बैठकमा संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रधानमन्त्री ओलीको प्रयास हुनेछ ।

बैठकमा सहभागी हुन बैठक सिंहदरबारमा राख्नुपर्ने प्रचण्डको शर्त छ । बालुवाटारमा बैठक बसेमा उनी सहभागी हुनेछैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय