scheduleशनिवार जेष्ठ १ गते, २०७८

चर्चित तमिल कलाकार विवेकको निधन

एजेन्सी, ४ वैशाख । विश्‍वभर लोकप्रिय दक्षिण भारतीय अर्थात् तमिल चलचित्रका हास्यकलाकार विवेकानन्दन (विवेक) को ५९ वर्षको उमेरमा निधन भएको छ ।

शनिबार विहान करिब साढे चार बजेतिर उनको निधन भएको हो । गएको बिहीबार उनलाई हृदयघात भएपछि चेन्‍नई अस्पतालमा भर्ना गरिएको थियो ।

बेहोस अवस्थामा अस्पताल ल्याइएका उनलाई कोरोनरी एन्गियोग्राम र एन्जियोप्लास्टी गरिएको थियो । मेडिकल बुलेटिनका अनुसार उनको अवस्था नाजुक रहेको थियो ।

उनलाई ‘कार्डियोजेनिक शक’ लागेपछि रगत प्रवाहमा शत प्रतिशत बाधा पुगेको थियो । बिहीबार उनले कोरोनाविरुद्धको पहिलो डोजको खोप पनि लगाएका थिए । यद्यपि खोपका कारण भने ह‍ृदयघात नभएको चिकित्सकहरुको भनाइ छ ।

१९८७ मा चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले सन् २०२१ सम्म आइपुग्दा कैयौं चलचित्रहरुमा अभिनय गरिसकेका छन् । उनको निधनले दुई पुस्ताका प्रशंसकहरुलाई स्तब्ध तुल्याएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय