scheduleबुधवार बैशाख २९ गते, २०७८

आठ जनाको ज्यान लिने यी किशोरले यसअघि पनि आत्महत्याको प्रयास गरेका थिए

एजेन्सी, ४ बैशाख । बिहीबार राति अमेरिकाको इन्डियानापोलिसस्थित फेडेक्सको गोदाममा बन्दुक आक्रमण गरी ८ जनाको ज्यान लिने व्यक्तिको नाम सार्वजनिक गरिएको छ ।

इन्डियानापोलिसका प्रहरी अधिकारीहरुले गोलीकाण्डमा संलग्नको नाम सार्वजनिक गरेका हुन् । प्रहरीका अनुसार १९ वर्षीय ब्रान्डन होलले फेडेक्सको गोदाममा गोली चलाएका थिए ।

होलले चलाएको गोली लागेर ज्यान गुमाउनेमा ४ जना भारतीय मूलका शिख रहेको समाचारमा उल्लेख गरिएको छ ।

समाचार अनुसार भारतीय मूलका ६६ वर्षीय अमरजीत जोहल, ६४ वर्षीय जसविन्दर कौर, ६८ वर्षीय जसविन्दर सिहं र ४८ वर्षीय अमरजीत सिखोन रहेका छन् ।

त्यस्तै होलले चलाएको गोली लागेर मारिनेमा ३२ वर्षीय म्याथ्यु अलेक्जाण्डर, १९ वर्षीय सामारिया ब्लाकवेल, १९ वर्षीय कार्ली स्मिथ र ७४ वर्षीय जोन वेइजर्ट रहेका छन् ।

तर १९ वर्षीय किशोर होलले गोली चलाएर भारतीय मूलका व्यक्ति मार्नुको पछाडि जातीय वा धार्मिक कारण नभएको इन्डियाका प्रहरी अधिकारीले प्रस्ट पारेका छन् । उनले गोली चलाउनुको कारणबारे हाल अनुसन्धान भइरहेको उनीहरुको भनाइ छ ।

होल फेडेक्सका पूर्व कर्मचारी रहेको पनि समाचारमा जनाइएको छ । उनले गत गर्षसम्म फेडेक्समा काम गरेक थिए ।

होलले गोली चलाएर ८ जनाको ज्यान लिएलगत्तै आफैंलाई गोली हानेर मारेका थिए । यसअघि समेत उनले आत्महत्याको प्रयास गरेका थिए । केही समयअघि उनले प्रहरीलाई गोली हान्न बाध्य पारी मर्ने प्रयास गरेको उनकी आमाले बताएकी थिइन्।

आमाले आफ्ना छोराले आत्महत्या गर्ने प्रयास गरेको बताएपछि होललाई इन्डिया प्रहरीले सञ्चालन गर्दै आएको एक मानसिक केन्द्रमा राखिएको थियो । प्रहरी अधिकारी पल कीननले त्यतिबेला होल बसेको स्थानबाट शर्टगन बरामद गरिएको समेत बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय