scheduleबुधवार बैशाख २९ गते, २०७८

एक्कासि किन बिग्रियो करण जोहर र कार्तिक आर्यनको सम्बन्ध ?

काठमाडौं, ४ बैशाख । बलिउडका निर्माता एवं निर्देशक करण जोहरले फिल्म ‘दोस्ताना-२’ बाट अभिनेता कार्तिक आर्यनलाई हटाएका छन् ।

धर्मा प्रोडक्शनको तर्फबाट जारी गरिएको एक विज्ञप्तिमार्फत् ‘दोस्ताना-२’ बाट कार्तिकलाई हटाइएको जानकारी गराइएको हो ।

‘प्रोफेशनल परिस्थितिका कारण कोलिन डि कुन्हाको निर्देशनमा बनिरहेको दोस्ताना- २ का लागि रिकास्टिङ (नयाँ कलाकार खोज्दैछौं) गर्दैछौं र आधिकारिक घोषणा पर्खनका लागि अनुरोध छ’, उक्त बयानमा भनिएको छ ।

समाचार अनुसार करणले कार्तिकलाई ‘दोस्ताना-२’ बाट हटाएर उनको स्थानमा अर्कै कलाकारलाई राख्ने तयारी गरेका छन् ।

करणले कार्तिकलाई आफ्नो प्रोजेक्टबाट विस्थापित मात्रै गरेका छैनन् । उनले कार्तिकलाई इन्स्टाग्राममा समेत अनफलो गरेका छन् । यसबाट दुबै सेलिब्रिटीबीचको सम्बन्ध बिग्रिएको प्रस्ट हुन्छ । तर कार्तिकले भने करणको इन्स्टाग्रामलाई फलो गरिरहेका छन् ।

करणले ‘दोस्ताना-२’ बाट किन हटाए कार्तिकलाई ?

समाचार अनुसार करणले ‘दोस्ताना-२’ मा कार्तिकलाई २० दिनका लागि शुटिङमा लिएका थिए । तर उनलाई दोस्रो हाफको स्क्रिप्टका क्रममा कार्तिकको प्रदर्शन मन परेन । अभिनेत्री जान्हवी कपुरसँग २ हप्ता अभिनय गरेपछि उनले कार्तिकलाई फिल्मबाट हटाएको बताइन्छ ।

एकातिर ‘दोस्ताना-२’ को स्क्रिप्टलाई लिएर कार्तिकले समस्या झेलिरहेका थिए भने अर्कोतिर जान्हवी कपुरसँग उनको ब्रेकअप भएको खबर बाहिर आएको थियो । धर्मा प्रोडक्शन र जान्हवीप्रति कार्तिकले देखाएको व्यवहारले पनि करण रुष्ट बनेको स्रोतले बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय