scheduleबिहिवार बैशाख २३ गते, २०७८

बालुवाटारमा सर्वदलीय बैठक सुरु, दाहाल-नेपालको बैठक बाहिरै

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको ‘सर्वदलीय बैठक’ मा माओवादी केन्द्र, एमालेको माधव नेपाल-झलनाथ खनाल र जसपाका बाबुराम भट्टराईको उपस्थिति रहेको छैन ।

बैठकमा सहभागी हुन भट्टराई र उपेन्द्र यादवलाई खबर नै नगरिएको भट्टराईको सचिवालयले जनाएको छ ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् रहेका छन् । त्यस्तै, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनी पनि सहभागी छन् । जनमोर्चाका प्रतिनिधि पनि बैठकमा सहभागी रहेको बताइएको छ ।

बैठकमा संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रधानमन्त्रीको योजना छ । बैठकका लागि प्रधानमन्त्री ओलीले सबै शीर्ष नेतालाई आफैं फोन गरेका थिए ।

सर्वदलीय बैठकमा सहभागी नभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार बिहान भेटवार्ता भएको छ । उनीहरुले पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गरेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय