scheduleबिहिवार बैशाख २३ गते, २०७८

चार पूर्वप्रधानमन्त्री अनुपस्थित सर्वदलीय बैठकमा प्रधानमन्त्री सभामुखविरुद्ध बुरुक्क

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा चारजना पूर्वप्रधानमन्त्री अनुपस्थित रहे ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनाल अनुपस्थित भएका हुन् । बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईलाई प्रधानमन्त्री ओलीले निम्ता नै नगरेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्डले बालुवाटारमा बोलाइएको बैठकमा सहभागी नहुने र आफ्नो सहभागिता चाहेको हो भने बैठक सिंहदरबारमा बोलाउन माग गरेका थिए ।

बैठकमा जसपाको पूर्वराजपा समूहका नेताहरु, नेकपा एमालेका ओली समूहका नेताहरुसँगै कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरु सहभागी छन् ।

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाविरुद्ध आक्रोश पोखेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार प्रम ओलीले सभामुख सापकोटाले आफूलाई काम नै गर्न नदिएको भन्दै आक्रोश पोखेका हुन् ।

सभामुखले काम गर्न नदिएको भन्दै वर्तमान संसदले राजनीतिक निकास नदिने तर्क प्रधानमन्त्री ओलीले गरेका छन् ।

‘मैले एमसिसी पेश गर्न खोज्दा दिनुभएन भन्दै सभामुखप्रति उहाँले निकै आक्रोश पोख्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय