scheduleआइतवार जेष्ठ २ गते, २०७८

सरकारलाई काम गर्ने वातावरण नै भएनः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, ४ वैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले सरकारलाई काम गर्ने वातावरण नभएको बताएका छन् ।

शनिबार काठमाडौंको हाँडीगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सत्तलको उद्घाटन गर्दै नेकपा (एमाले) का महासचिवसमेत रहेका उनले सरकार ढाल्ने खेल भइरहेकाले त्यसको खबरदारी र प्रतिवाद गर्न आह्वान गरे ।

पोखरेलले जालझेल गरेर सरकार ढाल्ने, अस्थिरता मच्चाउने र नयाँ बनाउने काम शुरु भए मुलुकका लागि दुर्भाग्य हुने जनाए । उनले विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पूर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनले बताए ।

काठमाडौँ क्षेत्र नं ५ (क) का प्रदेश सभा सदस्य नारायण सिलवालले निर्माण सम्पन्न भएको सत्तल ऐतिहासिक र महत्वपूर्ण रहेको बताए ।

नेकपा (एमाले) काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले ऐतिहासिक सम्पदालाई जगेर्ना गर्नुपर्नेमा जोड दिए । उक्त सत्तल सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबाट रु ४८ लाख ४७ हजार बजेट विनियोजन गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय