scheduleशनिवार जेष्ठ १ गते, २०७८

विहारका पूर्व मुख्यमन्त्री लालु यादव ४२ महिनापछि जेलबाट रिहा हुँदै

एजेन्सी, ४ बैशाख । विहारका पूर्व मुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (आरजेडी) का प्रमुख लालु प्रसाद यादवलाई जेलबाट रिहा हुने बाटो खुलेको छ । झारखण्ड उच्च अदालतले उनलाई जमानत दिने निर्णय गरेपछि रिहा हुने बाटो खुलेको हो ।

यादवलाई दुमका कोषागारको ३.१३ करोड भारु निकासा गरेको भ्रष्ट्राचार मुद्दामा जमानत मिलेको भारतीय समाचार माध्यमले जनाएका छन् । दाना घोटालासम्बन्धी अन्य मुद्दामा उनलाई यसअघि नै जमानत मिलिसकेको छ ।

दुमका कोषागारसम्बन्धी भ्रष्टाचार काण्डमा यादवलाई ७ सालको जेल सजाय सुनाइएको थियो । उनले यसमध्ये आधा सजाय पूरा गरिसकेका छन् । जेलमा आधा सजाय काटेपछि मात्रै उनलाई जमानत प्रदान गरिएको हो ।

झारखण्ड उच्च अदालतका न्यायाधीश अप्रेश सिंहका अनुसार यादवले तोकिएको जेल सजायमध्ये आधा अर्थात् ४२ महिना ११ दिन पूरा गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय