scheduleबिहिवार बैशाख २३ गते, २०७८

कुशल र आशिफको अर्धशतकमा नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित

काठमाडौं, ४ वैशाख । त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध शानदार जित दर्ता गरेको छ । १ सय ३६ रनको मध्यम लक्ष्य पाएको नेपालले ५ ओभरअगावै केवल एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

नेपालको जितमा डेब्यू गरेका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक६२ रनको योगदान दिए । आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्का ५४ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । उसका लागि बास दे लिडले ४१ रन बनाएका थिए भने स्कट एडवार्ड्सले ३० रन बनाउँदा कप्तान पिटर सिलार २३ रनमा अविजित रहे । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी र शाहब आलमले १-१ विकेट हात पारे ।

प्रतियोगिता अन्तर्गत भोलि दोस्रो खेलमा मलेसिया र नेदरल्यान्ड्स भिड्ने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय