scheduleआइतवार जेष्ठ २ गते, २०७८

राजकुमार फिलिपको अन्तिम संस्कार कसरी हुँदैछ ?

काठमाडाैं, ४ वैशाख । गत साता शुक्रवार ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ अर्थात शनिवारका दिन हुन लागेको छ । त्यसका लागि आवश्यक तयारीहरू भइरहेका छन्।

अन्तिम संस्कारको औपचारिक शाही समारोह अप्रिल १७ का दिन शनिवार ब्रिटिश समयानुसार दिउँसो ३ बजे (नेपाली समयानुसार साँझ ७ः४५ बजे) विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुनेछ।

राजकुमार फिलिपको शव यतिखेर विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ। राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्नेगरी समेत नराख्न अनुरोध गरेको बताइएको छ।

कोरोनाभाइरससम्बन्धी प्रतिबन्धहरूका कारण इङ्ग्ल्यान्डमा सामाजिक दूरी कायम गर्दै ३० जना मानिस मात्र एक ठाउँमा भेला हुन पाउँछन्।

आमन्त्रितको सूचीमा महारानी र ड्यूक अफ एडिन्बराका परिवारका सदस्यहरूसहित उनका तीन जर्मन नातेदार छन्। गत वर्ष राजपरिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो राजकीय जिम्मेवारी परित्याग गरेपछि पहिलो पटक राजकुमार ह्यारी यूके फर्केका हुन्।

सरकारीले जारी गरेको सुझावअनुसार सहभागीहरूले मास्क लगाउनुपर्नेछ। तोकिएको सङ्ख्यामा शवपेटिका बोक्ने मानिसहरू र पादरीहरू समाविष्ट छैनन्।

औपचारिक रूपमा गरिने ड्यूकको अन्तिम संस्कार राजकीय भने हुनेछैन। राजकीय अन्तिम संस्कार विशेषतः राजगद्दीमा आरूढ व्यक्तिका आयोजित गरिन्छ। तर यसअघि युद्धकालीन समयका प्रधानमन्त्री विन्स्टन चर्चिलको अन्तिम संस्कार पनि राजकीय सम्मानपूर्वक गरिएको थियो।

सन् २००२ मा महारानीकी आमा र सन् १९९७ मा प्रिन्सेस अफ वेल्स डायनाको समेत औपचारिक रूपमा अन्तिम संस्कार गरिएको थियो । शनिवार राजकुमार फिलिपको शवपेटिकालाई निजी च्यापलबाट विन्ड्सर कासलको राजकीय प्रवेशद्वारमा सारिनेछ।

सेन्ट जोर्जेज् च्यापलसम्मको छोटो मार्गबाट ड्यूकको शवलाई उनी आफैँले परिमार्जनसहित डिजाइन गर्न सघाएको ल्यान्ड रोभर कारमा राखेर लगिनेछ।

भिडभाडका लागि कोरोनाभाइरसका प्रतिबन्धका कारण अन्तिम संस्कारमा सहभागी हुने व्यक्तिको सङ्ख्या यसअघिको भन्दा निकै कम गरिएको छ।

यद्यपि राजदरबारले त्यसमा ड्यूकको इच्छा प्रतिविम्बित हुने तथा उनको सार्वजनिक सेवाको जीवनको ूउत्सव र झल्कोू मिल्ने जनाएको छ।

स्थानीय समयानुसार बीसएटी १४स्१५ बजे विन्ड्सर कासलस्थित क्वड्र्‍याङ्गलमा हाउसहोल्ड क्याभल्री र फुट गार्ड्सका सहित राजकुमार फिलिपसँग विशेष सम्बन्ध भएका सैनिक टुकुडीहरू लामबद्ध हुनेछन्। बीबीसीबाट ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय