scheduleआइतवार जेष्ठ २ गते, २०७८

हावाहुरीले गल्छीको निर्माणाधीन पुल नै उडायो

काठमाडौं, ४ वैशाख । शनिबार साँझ आएको हावाहुरीले धादिङको गल्छी गाउँपालिकामा पर्ने निर्माणाधीन पुल नै उडाएको छ । गल्छी गाउँपालिकाको वडा नं. ४ र वडा नं. २ जोड्ने केउरीटारमा निर्माणाधीन पुलको आधा भाग हुरीले बिगारेको हो ।

निर्माण सम्पन्न हुन लागेको पुल भत्किएपछि स्थानीयहरु चिन्तित बनेका छन् । पुल निर्माणबाट गल्छी गाउँपालिकाको जनसंख्याको ठूलो हिस्सा लाभान्वित हुने अवस्था थियो ।

हावाहुरीले पुल भत्काएसँगै त्रिशुलीमाथि पुल बनाउने काम अझै लामो समय पर धकेलिएको भन्दै स्थानीयहरु चिन्तित भएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय