scheduleबिहिवार बैशाख २३ गते, २०७८

धादिङमा पनि बन्यो एमालेको समानान्तर कमिटी

धादिङ, ४ वैशाख । नेकपा एमालेको धादिङमा पनि समानान्तर कमिटी खडा भएको छ । पार्टीको नेपाल-खनाल समूहको धादिङ जिल्ला अध्यक्षमा शिवराज कँडेल चयन भएका हुन् ।

शनिबार उक्त समूहको जिल्ला समितिको विस्तारित बैठकले कँडेलको अध्यक्षतामा १ सय ९१ सदस्यीय जिल्ला समिति निमार्ण गरेको हो ।

कमिटीको उपाध्यक्षमा नारायण कार्की, सचिवमा सुवास खतिवडा, उपसचिवमा जीवन तामाङ रहेका छन् । शनिबार नेकपा एमालेका केन्द्रीय उपमहासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यमा बसेको जिल्ला समितिको बैठकले समानान्तर समिति गठन गरेको हो ।

यस्तै शनिबार नै युवा संघ र अखिल नेपाल महिला संघको समेत जिल्ला कमिटी घोषणा गरिएको छ । महिला संघमा सीता ढुङ्गानाको अध्यक्षतामा १ सय ५१ सदस्यीय समिति निमार्ण गरिएको छ । संघको उपाध्यक्षमा भवानी सापकोटा र सविता तामाङ, सचिवमा भगवती तिवारी, सहसचिवमा कृष्ण कुमारी श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी उप्रेती र कार्यालय सचिवमा गङ्गा तिमल्सिनालाई चयन गरेको छ ।

यस्तै, युवा सघ जिल्ला समिति अध्यक्षमा प्रदिप फ्युवा, उपाध्यक्षमा समीर गुरुङ, सचिवमा प्रदिप श्रेष्ठ, उपसचिवमा हस्त बहादुर तामाङ र कोषाध्यक्षमा विनोद ढुङ्गानालाई चयन गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय