scheduleबिहिवार बैशाख २३ गते, २०७८

ओलीकै कारण कर्णालीमा कमरेडहरुले फ्लोर क्रस गरेः नेता भुसाल

काठमाडौं, ४ वैशाख । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले कर्णालीमा भएको फ्लोर क्रसको मुख्य जिम्मेवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली नै रहेको जिकिर गरेका छन् ।

शनिबार एमालेको नेपाल-खनाल समूहको समानान्तर जिल्ला कमिटी घोषणा गर्न धादिङ आएका भुसालले लोकतान्त्रिक संसदीय व्यवस्थामा फ्लोर क्रस गर्नु मर्यादापूर्ण नमानिएता पनि प्रधानमन्त्री ओलीका प्रतिगामी कदमका कारण उक्त दुर्घटना हुन गएको प्रष्ट बनाएका हुन् ।

जिल्ला स्थित सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भुसालले ओलीलाई दवाब दिएर पार्टीबाट एक्ल्याएर कारबाही गर्नका लागि १ महिने वैचारिक तथा साङ्गठनिक अभियान सञ्चालन गरिरहेको बताउँदै पार्टी फुटको सुरुवात ओलीले नै गरेको बताए ।

नेता भुसालले एक फरक प्रसंगमा तत्काल माओवादीसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारे । उनले वाम एकताको पक्षमा रहेको बताउँदै माओवादीसँगको एकताको हल्ला ओली समूहले नै चलाएको र ओलीको पञ्जाबाट पार्टीलाई मुक्त नगरी पार्टी एक हुन नसक्ने बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय