scheduleबिहिवार बैशाख २३ गते, २०७८

पुनः बढाइयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ४ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

यसअघि गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो भने पछिल्लो समय निगमले दर्जनौंपटक मूल्यवृद्धि गरिसकेको छ ।

नयाँ मूल्यसूचि लागू भएसँगै काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ तय भएको छ ।

आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय