scheduleबिहिवार बैशाख २३ गते, २०७८

कर्णालीमा फ्लोर क्रस गर्ने सांसदलाई मन्त्री पुरस्कार


सुर्खेत, ४ वैशाख । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्दै नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यहरुलाई मन्त्रीको जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमालेको माधव-झलनाथ समूहका तीन प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका छन् ।

एमाले प्रदेश कमिटीले शनिबार नै फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निस्कासन गरिसकेको छ । त्यस्तै अर्का सांसद प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसलाई पनि सरकारमा समेट्ने तयारी भइरहेको र उक्त काम सम्पन्न भएसँगै सपथ गराइने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव विक्रम बुढाथोकीले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय