scheduleआइतवार जेष्ठ २ गते, २०७८

सिटीलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा

काठमाडौं, ५ वैशाख । लन्डन क्लब चेल्सी इंग्लिस एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी अघि बढेको हो ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले सिटीलाई १-० ले हराएको हो । चेल्सीको जीतमा हाकिम जिएचले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो ।

जिएचले खेलको ५५औं मिनेटमा गोल गरेका थिए । त्यसपछि कुनै पनि गोल ननिस्कँदा सिटीको यात्रा सेमिफाइनलमै टुंगिएको हो ।

दोस्रो सेमिफाइनलमा आज लेस्टर सिटी र साउथह्याम्पटन खेल्ने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय