scheduleबिहिवार बैशाख २३ गते, २०७८

बिल्बाओमाथि फराकिलो जीतसहित बार्सिलोना कोपा डेल रे च्याम्पियन

काठमाडौं, ५ वैशाख । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । गएराति सम्पन्‍न फाइनल खेलमा एट्लेटिको बिल्बाओमाथि ४-० को फराकिलो जीत दर्ता गर्दै बार्सिलोना च्याम्पियन बनेको हो ।

सेभियामा शनिबार राति भएको खलेमा बार्सिलोनाको जीतमा कप्तान लियोनल मेस्सीले दुई तथा एन्टोइन ग्रिजमन र फ्रेन्की डि योङले समान १–१ गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा भएकाा थिए । बार्साले १२ मिनेटको अन्तरमा चार गोल गरेको थियो ।

६०औं मिनेटमा एन्टोइन ग्रिजमनले फ्रान्की डि योङको पासमा गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ६३औं मिनेटमा फ्रेन्की डि योङले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

त्यसपछिको दुवै गोल कप्तान मेस्सीले गरे । ६८औं मिनेटमा कप्तान लियोनेल मेस्सीले फ्रेन्की डि योङको पासमा गोल गर्दै बार्सिलोनालाई सहज जीततर्फ अग्रसर गराए । त्यसको चार मिनेटपछि ७२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बार्सिलोनालाई ४–० को शानदार जीतसहित च्याम्पियन बनाए ।

कोपा डेल रेको सर्वाधिक सफल ३१ पटकको च्याम्पियन बार्सिलोना २०१८ पछि पहिलोपटक कोपा डेल रेको च्याम्पियन बनेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय