scheduleआइतवार जेष्ठ २ गते, २०७८

त्रिदेशीय कप क्रिकेटमा आज मलेसिया र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं, ५ वैशाख । काठमाडौंमा जारी त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलाअन्तर्गत आज दोस्रो खेलमा मलेसिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल दिउँसो सवा १ बजेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ । मलेसियाको कप्तानी फैज अहमदले गर्दैछन् भने नेदरल्याड्सका कप्तान पिटर सिलार रहेका छन् ।

टी-२० को विश्‍व वरियतामा मलेसिया ३१औं स्थानमा छ भने नेदरल्यान्ड्स १८औं स्थानमा रहेको छ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्समाथि शानदार जीत दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।

डबल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल खेल यही वैशाख ११ गते हुने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय