scheduleबुधवार बैशाख २९ गते, २०७८

श्रीमती हत्या आरोपमा जेलमा रहेका कैदीद्वारा आत्महत्या

चरिकोट, ५ वैशाख । जिल्ला कारागार चरिकोट आत्महत्या स्थलजस्तो बन्न पुगेको छ । त्यहाँ दुई वर्षभित्र दुई जना कैदीले आत्महत्या गरेका हुन् ।

शुक्रबार पुर्पक्षका लागि थुनामा रहेका एक युवकले जेलभित्रै आत्महत्या गरेका हुन् । जिल्ला कारागारमा थामीसहित हालसम्म तीन जनाले कारागारको शौचालयमा आत्महत्या गरिसकेका छन् ।

दुई वर्षको बीचमा शौचालयमै पासो लगाएर दुई जनाले आत्महत्या गरेपछि कारागार व्यवस्थापनमाथि प्रश्न उठेको छ । पटक–पटक कारागारको शौचालयमा कैदीबन्दीले आत्महत्या गरेपछि अधिकारकर्मीहरुले पनि प्रश्न उठाउन थालेका छन् ।

शुक्रबार श्रीमती हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कालिञ्चोक गाउँपालिका-६ लापिलाका २८ वर्षीय हिमाल थामीले आत्महत्या गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार शुक्रबार बिहान साढे १० बजेतिर खाना खाएर शौचालय गएका थामीले शौचालयभित्रै ज्याकेटको डोरीले पासो लगाएर आत्महत्या गरेका थिए । आत्महत्याका बारेमा थप अनुसन्धान भइरहेको रिजालले जानकारी दिए ।

फागुन ८ गते श्रीमती हत्यामा पक्राउ परेका उनलाई पुर्पक्षका लागि अदालतले कारागार पठाएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय