scheduleआइतवार जेष्ठ २ गते, २०७८

भारतमा एकैदिन अढाई लाखभन्दा बढी संक्रमित थपिए, झन्डै १५०० को मृत्यु

एजेन्सी, ५ वैशाख । छिमेकी राष्‍ट्र भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्ने क्रम जारी रहेको छ । शनिबार मात्रै भारतमा २ लाख ६० हजार ८१० जनामा संक्रमण पुष्‍टि भएको छ ।

दैनिक नयाँ संक्रमितहरुको संख्याले रेकर्ड ब्रेक गर्दै गइरहेका बेला शनिबार पनि नयाँ रेकर्ड बनेको हो । यो संख्या शुक्रबारभन्दा साढे ११ प्रतिशतले बढी हो । शुक्रबार २ लाख ३४ हजार संक्रमित थपिएका थिए ।

त्यसैगरी शनिबार १४९३ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । सक्रिय संक्रमितको संख्या बढ्दै गइरहेकाले मृत्युदर पनि बढ्दै जाने अनुमान गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय