scheduleआइतवार जेष्ठ २ गते, २०७८

आईपीएलमा आज दुई खेल, कस्को अवस्था कस्तो ?

काठमाडौं, ५ वैशाख । भारतमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने आजको खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ । विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर लिगमा २ खेलमा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने इयोन मोर्गनको कप्तानीमा रहेको कोलकोत्ताले २ खेलमा एकमा जित र एकमा हार व्यहोर्दै तालिकाको छैठौं स्थानमा रहेको छ ।

यस्तै आजै हुने अर्को खेलमा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने दिल्ली र पञ्जाबबीचको खेल राती ८ बजेबाट सुरु हुनेछ । रिसब पन्तको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सले लिगमा २ खेल खेल्दै १ अङ्क जोडेर तालिकाको चौंथो स्थानमा छ ।

यस्तै केएल राहुलको कप्तानीमा रहेको पञ्जाबले समान खेल खेले खेल्दै समान अङ्क जोडेर पनि रन रेटको आधारमा तालिकाको सातौं स्थानमा रहेको छ । यसअघि गयराति भएको खेलमा मुम्बई इन्डियन्सले जित हात पारेको छ ।

सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै दोस्रो जित निकालेको मुम्बई लिगको शिर्ष स्थानमा उक्लेको हो । मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।

मुम्बईले ३ खेलमा ४ अङ्क जोडेको छ । हैदरावादको यो लगातार तेस्रो हार हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय