scheduleबुधवार बैशाख २९ गते, २०७८

रामबहादुर थापाको सांसदसँगै मन्त्री पद पनि गुम्यो

काठमाण्डाै, ५ वैशाख । गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ । नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निष्कासन गरिएको पत्र सङ्घीय संसद सचिवालयमा पठाएपछि संसद सचिवालयले आइतवार सूचना निकालेर थापा पदमुक्त भएको जानकारी दिएको हो ।

सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि थापा एमालेतर्फ लागेका थिए । अब फेरि मन्त्री बन्न उनले संविधानअनुसार सपथ लिनुपर्छ ।

यसअघि माओवादी केन्द्रको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी पनि पदमुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनिहरुलाई ६ महिनाका लागि मन्त्री बनाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय