scheduleबुधवार बैशाख २९ गते, २०७८

ओलीले ‘बादल’ लाई आजै गृहमन्त्रीमा पुनर्नियुक्ति गर्ने

काठमाडौ, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट मुक्त भएका रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गर्ने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले आइतबार पदमुक्त भएको सूचना टाँस गरेपछि बादलको राष्ट्रियसभा सदस्य र मन्त्री पद दुवै रिक्त भएको थियो ।

उनलाई संविधानको धारा ७८ (२) अनुसार आजै ६ महिनाको लागि मन्त्री नियुक्ति गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ । संविधानमा सांसद पदमा बहाल नरहे पनि ६ महिना मन्त्री बन्न सक्ने व्यवस्था छ ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणिचन्द्र थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लाई दल त्यागअन्तर्गत सांसद पद रिक्त भएपछि प्रधानमन्त्रीले मन्त्रीमा पुनर्नियुक्ति गरेका थिए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय