scheduleआइतवार जेष्ठ २ गते, २०७८

लगातार बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडाैं, ५ वैशाख । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार बढेको छ ।

शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइबार तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय