scheduleबुधवार बैशाख २९ गते, २०७८

विपक्षी सांसदको नाराबाजीबीच अन्त्य भयो प्रदेश १ को हिउँदे अधिवेशन

विराटनगर, ५ वैशाख । विपक्षी सांसदको नाराबाजीबीच प्रदेश नम्बर १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आइबार सभामुख प्रदिप भण्डारीले बैठक शुरु गर्न साथ विपक्षी दलका सांसदले उठेर विरोध गरेका थिए । सभामुखले धेरैपटक बस्न आग्रह गरेपनि बस्न नमानेपछि सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट हिउँदे अधिवेशन अन्त्य भएको पत्र वाचन गरेर सुनाएका थिए ।

सभामुखले पत्र वाचन गरिरहँदा विपक्षी दलका सांसदले सरकारले जवाफ दिनुपर्ने मागसहित नारावाजी गरेका थिए ।

सभामुखले बैठकमा कुरा राख्न समय दिएपछि प्रमुख विपक्षी कांग्रेसका केदार कार्कीले सरकारको जवाफ आउनु पर्ने माग गरेका थिए । सभामुख भण्डारीले सदनमा मुख्यमन्त्रीको उपस्थिति रहेकोले विपक्षीको कुरा सम्बोधन हुने जनाउ दिएका थिए तर विपक्षीले उठाएको मागको सम्बन्धमा मुख्यमन्त्री शेरधन राईले जवाफ भने दिएनन् ।

प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन गत माघ ७ गते शुरु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय