scheduleबुधवार बैशाख २९ गते, २०७८

एकैदिन एक हजार बढिमा संक्रमण पुष्टि, मृतकको संख्या पनि बढ्यो

काठमाडाैं, ५ वैशाख । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएको छ ।

आइतबार थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आइतबार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सवैभन्दा बढि ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् । त्यस्तै कोरानाका कारण थप ८ जनाको मृत्यु भएको छ भने हालसम्म तीन हजार ८३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई लाख ७५ हजार ३ सय जना कोरोनामुक्त भएको प्रवक्ता गौतमले बताए। हाल ६ हजार २ सय ९० जना आइशोलेशनमा र ८५ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ४५ हजार ५०१ वटा पिसिआर गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय