scheduleआइतवार जेष्ठ २ गते, २०७८

ओली र विप्लवबीच भेटघाट, यथाशीघ्र बन्दी रिहाइ गर्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ ।

एमाले अध्यक्ष समेत रहेका ओली र महासचिव विप्लवबीच आइतबार भेटघाट भएको हो । गत फागुन १२ गते सरकार र नेकपाबीद्ब भएको तीनबुँदे सहमतिलाई परिणामखुमी बनाउने उद्देश्यस्वरुप ओली र विप्लवबीच छलफल भएको हो ।

आज भएको भेटघाटमा सरकारका तर्फबाट प्रधानमन्त्री ओलीसँगै सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट महासचिव विप्लवका साथ पार्टी प्रवक्ता एवं वार्ता टोलीका संयोजक प्रकाण्ड सहभागी भएको नेकपा स्रोतले बताएको छ ।

सरकार र नेकपाका शीर्ष नेताबीच भएको भेटघाटमा राजनीतिक बन्दी, नेता-कार्यकर्ताको रिहाइ र मुद्दा खारेजी जस्ता विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले थुनामा रहेका नेकपाका सबै नेता-कार्यकर्ता यथाशीघ्र छुट्दै जाने विश्वास दिलाएको र नेकपाका नेताहरुले आफ्नो पार्टीका सम्पूर्ण बन्दी नेता-कार्यकर्ता छिट्टै रिहा हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय